काठमाडौं। सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको भएको हो।
सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन प्रति तोला १ हजार २०० रुपैयाँ बढेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै शुक्रबार सुन तोला ३ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा आइपुगेको थियो।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घट्दा सोमबार प्रति तोला ५ हजार १ सय ९० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य आइतबार तोलामा ९५ रुपैयाँले बढ्दा प्रति तोला ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदी प्रति तोला ५ हजार १ सय ३० रुपैयाँ थियो।










