जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी सानेपाबाट पक्राउ

बिजमाण्डू
२०८३ बैशाख ५ गते २१:३४ | Apr 18, 2026
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी सानेपाबाट पक्राउ


ललितपुर। जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले सानेपाबाट पक्राउ गरेको छ।

GBIME
Tata

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका ५ स्थायी घर भई हाल काठमाडौंको सुकेधारा बस्दै आएका २५ वर्षीय प्रकाश मगर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार मगरलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–३ सानेपामा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नख्खु कारागारमा बुझाइएको प्रहरीले जनाएको छ। रासस