सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी, आज कतिमा भइरहेको छ कारोबार ?



बिजमाण्डू
२०८३ बैशाख ३ गते ११:१४ | Apr 16, 2026
सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी, आज कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबार सुन तोलामा १ सय रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढेर प्रति तोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य बिहीबार प्रति तोला ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रति तोला ५ हजार २ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४ हजार ८ सय ३५ डलर पुगेको छ। चाँदी पनि बढेर प्रति औंस ८०.६७ डलर भएको छ।