आईपीएल: कोहली अर्धशतकबाट चुके तर आरसीबी सजिलो जित निकाल्दै शीर्षस्थानमा



बिजमाण्डू
२०८३ बैशाख ३ गते ०५:२५ | Apr 16, 2026
आईपीएल: कोहली अर्धशतकबाट चुके तर आरसीबी सजिलो जित निकाल्दै शीर्षस्थानमा
ब्याटिङमा विराट कोहली। तस्बिर: आईपीएल

रोयल च्यालेन्जर्स बेङ्ग्लुरु इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टलाई हराउँदै ५ विकेटले हराउँदै आरसीबी तालिकाको शीर्षस्थानमा पुगेको हो।

Tata
GBIME
Nepal Life

बेङ्ग्लुरुस्थित चिन्न स्वामी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा १४६ रन बनाएको थियो। उसका लागि मिचेल मार्सले सर्वाधिक ४० रन बनाउँदा मुकुल चौधरीले ३९ तथा आयुष बडोनीले ३८ रनको योगदान दिए। बलिङमा बेङ्ग्लुरुका रसिक सलामले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमारले ३, क्रुणाल पाण्ड्याले २ तथा जोस हेजलवुडले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले १५.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। बेङ्ग्लुरुका लागि विराट कोहली ४९ रन बनाएर अर्धशतकबाट चुक्दा रजत पतिदारले २७ तथा जितेश शर्माले २३ रन बनाए। टिम डेभिड र रोमारियो सेपार्ड समान १४ रनमा अविजित रहे। लखनउका प्रिन्स यादवले ३ तथा अभेष खानले २ विकेट लिए पनि आरसीबीलाई रोक्न सकेनन्।

जितसँगै ५ खेलबाट ८ अंक बनाएको बेङ्ग्लुरु राजस्थानलाई रनरेटमा पछि पारेर शीर्षस्थानमा उक्लिएको छ।

आईपीएलमा आज मुम्बई इण्डियन्स र पञ्जाव किंग्स वानखेडे स्टेडियममा भिड्नेछन्।