नयाँ वर्षको पहिलो दिन सुन तोलामा ३ हजार १०० महँगियो, चाँदी १६५ रुपैयाँ बढ्यो



बिजमाण्डू
२०८३ बैशाख १ गते १२:२९ | Apr 14, 2026
नयाँ वर्षको पहिलो दिन सुन तोलामा ३ हजार १०० महँगियो, चाँदी १६५ रुपैयाँ बढ्यो


काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। गत वर्ष २०८२ को अन्तिम दिनको भन्दा सुन तोलामा ३ हजार १ सय रुपैयाँले वृद्धि भएको छ।

Tata
GBIME

मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रति तोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बढ्दै प्रति तोला ५ हजार ६५ रुपैयाँ कायम भएको छ। चाँदी तोलामा १६५ रुपैयाँ बढेको छ।

सोमबार चाँदी प्रति तोला४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस ४७६५.३८ डलर छ। चाँदी प्रति औंस ७६.८३ डलर छ। सोमबार सुन प्रति ‍औंस ४७२२.१५ डलर र चाँदी प्रति औंस ७४.४ डलर थियो।