वैदेशिक रोजगार विभागका नायब सुब्बा मस्राङ्गी १५ हजार रुपैयाँ घुससहित पक्राउ

बिजमाण्डू
२०८२ चैत्र २७ गते २२:२१ | Apr 10, 2026
वैदेशिक रोजगार विभागका नायब सुब्बा मस्राङ्गी १५ हजार रुपैयाँ घुससहित पक्राउ


काठमाडौं। वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन्।

GBIME
Tata

अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित पक्राउ गरेको हो।

मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। अख्तियारको टोलीले निजको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ। रासस