पश्चिम एसियाको तनावले रोकिएको लिग-२ को ओमन र यूएईसँगको सिरिज वैशाखमा



बिजमाण्डू
२०८२ चैत्र २४ गते १९:५९ | Apr 7, 2026
पश्चिम एसियाको तनावले रोकिएको लिग-२ को ओमन र यूएईसँगको सिरिज वैशाखमा

काठमाडौं। पश्चिम एसियाको युद्धका कारण रोकिएको नेपाल, यूएई र ओमनबीचको खेल वैशाखमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार  वैशाख १२ बाट २२ सम्म यी तीन टोलीबीचको त्रिदेशीय सिरिज सुरु हुनेछ।

Tata
GBIME
Nepal Life

यसअघि यो सिरिज फागुन २६ गतेबाट सुरु हुनेगरी तय गरिएको थियो। तर, पश्चिम एसियामा द्वन्द्व चर्किएर आवतजावतमा पनि संकट आएपछि अर्को सूचना नआएसम्मका लागि यो स्थगित भएको थियो।

यो सिरिज सकिए लगत्तै फेरि अर्को लिग-२ कै सिरिज सुरु हुने क्यानले जनाएको छ। अर्को सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्ड वैशाख २९ बाट जेठ ८ सम्म भिड्नेछन्।

क्रिकेट विश्वकप लिग-२ मा दयनीय स्थितिमा रहेको नेपाललाई एकदिवसीय मान्यता जोगाउन नै हम्मेहम्मे पर्ने स्थिति छ। यस्तोमा घरेलु मैदानमा लगातार दुई सिरिजमा प्रभावशाली नतिजा ल्याएर कमब्याक गर्ने मौका रहनेछ।

८ टोली सहभागी लिग-२ मा नेपाल सातौँ स्थानमा छ।