काठमाडौं। गत बिहीबारदेखि स्थिर रहेको सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्यमा प्रति तोला २ हजार ६ सय रुपैयाँले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
गत बिहीबारदेखि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार रुपैयाँ कायम थियो।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ। सोमबार चाँदी प्रति तोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ।
शुक्रबारदेखि चाँदी प्रति तोला ४ हजार ८३० रुपैयाँमा स्थिर थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४६७४.५६ डलर र चाँदी प्रति औंस ७२.७२ डलरमा आइपुगेको छ। अघिल्लो दिन सुन प्रति औंस ४६७६.४ डलर र चाँदी प्रति औंस ७२.९९ डलर थियो।










