जापानमा जागिर लगाइदिने भन्दै चार जनासँग ९० लाख ठगी, आरोपित पोखराबाट पक्राउ



बिजमाण्डू
२०८२ चैत्र २१ गते ०८:५३ | Apr 4, 2026
जापानमा जागिर लगाइदिने भन्दै चार जनासँग ९० लाख ठगी, आरोपित पोखराबाट पक्राउ


काठमाडौं। अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा-१६ बस्ने लमजुङ दूधपोखरी-६ की एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५० वर्षीया वनकुमारी गुरूङ छिन्। 

Tata
GBIME

प्रहरीका अनुसार उनीविरुद्ध फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाइदिन्छु भन्दै ४ जनालाई व्यक्तिगत कागजातहरु समेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको जाहेरी परेको थियो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो। पक्राउपछि आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ।