नेपालीको बैंक खाता प्रयोग गरेर ठगी र क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक समातिए



बिजमाण्डू
२०८२ चैत्र २० गते १७:२२ | Apr 3, 2026
नेपालीको बैंक खाता प्रयोग गरेर ठगी र क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक समातिए


काठमाडौं । नेपालीहरुको बैंक खाता प्रयोग गरेर ठगी गर्ने र रकम क्रिप्टोबाट विदेश पठाउने एक चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलबाट ३५ वर्षीय चुइ फ्याङलाई नियन्त्रणमा लिएको हो।

Tata
GBIME

उनले विभिन्न सामाजिक संजालबाट नेपाली नागरिकहरु सँग कुराकानी गरेर विभिन्न किसिमका प्रलोभन देखाएर विश्वासमा पारेर ठगी गर्ने गरेको खुलेको छ। उनले नेपालीहरुको बैंक खाता प्रयोग गरे रकम क्रिप्टोबाट विदेश लग्ने गरेको देखिएको छ।

उनले अहिलेसम्म १७ करोड ७९ लाख ७० हजार  ३७१ रुपैयाँको क्रिप्टो कारोबार गरेको जिल्ल प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइ थप अनुसन्धान भइरहेको छ।