काठमाडौं। यो साता उतारचढाव भइरहेको सुनको भाउ शुक्रबार स्थिर छ। चाँदीको मूल्य भने बढेको छ।
शुक्रबार सुन प्रति तोला २ लाख ९४ हजार रुपैयाँ छ। बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
बुधबार सुन तोलामा ७ हजार ४ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ९७ हजार ६ सय रुपैयाँका दरले कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेर प्रति तोला ४ हजार ८ सय ३० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य बिहीबार तोलामा १६५ रुपैयाँ घटेर प्रति तोला ४ हजार ७८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४६७६.४ डलर र चाँदी प्रति औंस ७१.८९ डलर छ। बिहीबार सुन प्रति औंस ४६७५.१६ डलर र चाँदी प्रति औंस ७१.८९ डलर छ।










