सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ६०० रुपैयाँ सस्तियो, चाँदीको भाउ कति?



बिजमाण्डू
२०८२ चैत्र १९ गते ११:२१ | Apr 2, 2026
सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ६०० रुपैयाँ सस्तियो, चाँदीको भाउ कति?


काठमाडौं। सुनको मूल्य बिहीबार प्रति तोला ३ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन मूल्य प्रति तोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

सुन बुधबार प्रति तोला ७ हजार ४०० रुपैयाँ बढेर २ लाख ९७ हजार ६०० रुपैयाँका दरले किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेको छ। चाँदी भाउ प्रति तोला ४ हजार ७८० रुपैयाँमा आइपुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य ४६७५.१६ डलर र चाँदीको भाउ ७१.८९ डलर छ।