नोटबन्दी नगर्ने पक्षमा अर्थमन्त्री वाग्ले, ‘लोकप्रिय नाराको पछाडि लागेर भारतजस्तो गल्ती नगर्नुहोस्’



बिजमाण्डू
२०८२ चैत्र १६ गते १४:४४ | Mar 30, 2026
नोटबन्दी नगर्ने पक्षमा अर्थमन्त्री वाग्ले, ‘लोकप्रिय नाराको पछाडि लागेर भारतजस्तो गल्ती नगर्नुहोस्’


काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नोटबन्दी’ नगर्ने प्रष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिने क्रममा नोटबन्दीमा नजाने बताएका हुन्।

Tata
GBIME

उनलाई ट्याग गरेर एक जनाले नोटबन्दीमा नजान सुझाएका थिए। त्यसको जबाफमा स्वर्णिमले नोटबन्दी नगर्ने बताएका हुन्।

सामाजिक सञ्जल एक्समा एक प्रयोगकर्ताले स्वर्णिमलाई सुझाएका छन्- प्रिय स्वर्णिम कृपया लोकप्रिय नाराको पछाडि लागेर भारतले २०१६ मा गरेको जस्तो नोटबन्दी (डिमोनेटाइजेशन) नगर्नुहोस्। यसले काम गर्दैन, बरु गरिबहरूलाई दुःख मात्र दिन्छ र राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्‍याउँछ। भ्रष्टाचार नियन्त्रणका लागि अझ प्रभावकारी उपायहरू उपलब्ध छन्।

उनको सुझावमा प्रतिक्रिया दिँदै स्वर्णिमले लेखेका छन्- हामी त्यसो गर्ने छैनौं!

पछिल्लो समय ५०० र १००० दरका नोटहरुमाथि प्रतिबन्ध लगाउनु पर्ने सुझावहरु पनि आउने गरेका छन्। अहिलेका गृहमन्त्रीले जेनजी आन्दोलनलगत्तै पनि ठूला नोटमा प्रतिबन्ध लगाउनु पर्ने सुझाएका थिए।

तत्कालीन सरकारले पनि यस बारेमा छलफल गरेको थियो। पछि नेपाल राष्ट्र बैंकको अध्ययनले नोटबन्दी उपयुक्त होइन भन्ने देखाएपछि सरकार पछाडि हटेको थियो।