एक्सएल अण्डाको भाउ बढ्यो, मध्यम आकारको अण्डा क्रेटमा २५ रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ चैत्र १५ गते १७:०५ | Mar 29, 2026
एक्सएल अण्डाको भाउ बढ्यो, मध्यम आकारको अण्डा क्रेटमा २५ रुपैयाँ सस्तियो


काठमाडौं। एक्सएल आकारको अण्डा महँगिएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले सोमबारदेखि बजारमा लागू हुने गरी अण्डाको बिक्री मूल्य तोकेको छ।

Tata
GBIME

संघले तोकेको नयाँ मूल्यअनुसार एक्सएल अण्डा क्रेटमा ५ रुपैयाँ बढेर ४६० रुपैयाँ पुगेको हो। ठूलो र मध्यम आकारको अण्डा भने क्रेटमा २५ रुपैयाँ सस्तिएको छ।

त्यस्तै, ठूलो अण्डा क्रेटमा ५ रुपैयाँ घटेर ४३५ रुपैयाँमा आइपुगेको छ। मध्यम आकारको अण्डाको भाउ क्रेटमा २५ रुपैयाँले घटेर ३८५ रुपैयाँ कायम भएको छ।

यसअघि, एक्सएल अण्डा क्रेटको ४५५, ठूलो अण्डा ४४० र मध्यम अण्डा ४१० रुपैयाँ रुपैयाँ थियो।

यतिबेला गर्मीका कारण अण्डाको उत्पादन कम हुन थालेको संघका सचिव मदन पोखरेलले बताए।

‘एक्सएल अण्डाको भाउ थोरै बढेको हो। अरु अण्डाको भाउ घटेको छ। चुनावपछि अण्डाको खपत बढ्न सकेन,’ सचिव पोखरेलले भने, ‘इरान युद्धका कारण अण्डा प्याकिङ गर्ने क्रेट, कार्टुन र प्लाष्टिकको सामान महँगो हुनुका साथै सहज रुपमा पाइएको छैन।’