‘बाइक हस्पिटल’मा प्रहरीको छापा, चोर्दै ल्याएर बेच्ने गरेको आरोपमा तीन पक्राउ, चार बाइक बरामद



बिजमाण्डू
२०८२ चैत्र ७ गते १३:०२ | Mar 21, 2026
‘बाइक हस्पिटल’मा प्रहरीको छापा, चोर्दै ल्याएर बेच्ने गरेको आरोपमा तीन पक्राउ, चार बाइक बरामद


काठमाडौं। उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर ल्याइ पाटपुर्जा छुट्याएर बेच्ने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी-५ टिकाथलीस्थित बाइक हस्पिटल नाम दिइएको ग्यारेजबाट चोरीका मोटरसाइकलसहित शुक्रबार पक्राउ गरिएको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ।

Tata
GBIME

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा-२ का २९ वर्षीय भीमबहादुर अधिकारी, २३ वर्षीय विशाल महतो र कोटेश्वर बस्ने रौतहटको वृन्दावन-९ का २७ वर्षीय सञ्जीवकुमार कुशवाहा छन्।

ग्यारेजबाट चोरीका एक/एकवटा २५०सीसीको ड्युक, २०० सीसीको ड्युक, २५० सीसीको केटीएम एडभेन्चर र ३५० सीसीको रोयल इन्फिल्ड मोटरसाइकल र तीनवटा बाइकका ब्लुबुक बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुले विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी ल्याई इन्जिन तथा चेसिस समेतको किर्ते कागजात बनाई बिक्री गर्ने गरेको खुलेको छ। उनीहरुविरुद्ध चोरी र किर्ते मुद्दामा कार्बाहीका लागि थप अनुसन्धान भइरहेको जनाइएको छ।