सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, चाँदी बढेर प्रति तोला ५ हजार ३३५ रुपैयाँ पुग्यो



बिजमाण्डू
२०८२ चैत्र ३ गते ११:०६ | Mar 17, 2026
सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, चाँदी बढेर प्रति तोला ५ हजार ३३५ रुपैयाँ पुग्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज ३ लाख ९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ।

सोमबार सुन तोलामा १०० रुपैयाँ बढेर प्रति तोला ३ लाख ९ हजार ५०० रुपैयाँ थियो। आइतबार सुन तोलामा ४ हजार ८०० रुपैयाँले घटेर प्रति तोला ३ लाख ९ हजार ४०० रुपैयाँमा आइपुगेको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रति तोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँले घट्दा कारोबार मूल्य प्रति तोला ५ हजार २६५ रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य प्रति औंस ५०३५.८५ डलर र चाँदी प्रति औंस ८२.२३ डलर छ। सोमबार सुन प्रति औंस ५०१२.३२ डलर र चाँदी प्रति औंस ८०.०१ डलर थियो।