काठमाडौंको भीमढुंगाबाट सवा करोड रुपैयाँ सहित दुई युवक समातिए, हुन्डी कारोबारको आशंका

बिजमाण्डू
२०८२ चैत्र २ गते १६:५९ | Mar 16, 2026
काठमाडौंको भीमढुंगाबाट सवा करोड रुपैयाँ सहित दुई युवक समातिए, हुन्डी कारोबारको आशंका


काठमाडौं। स्रोत नखुलेको सवा करोड रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

GBIME
Tata

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले  नागार्जुन नगरपालिका ८ भीम ढुंगाबाट दुई जनालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट प्रहरीले १ करोड १६ लाख रुपैयाँ बरामद गरेको हो।

प्रहरीले  काठमाडौं नागार्जुन नगरपालिका बस्ने २८ वर्षीय सागर गिरी र प्रमोद प्रसाद धिताललाई नियन्त्रणमा लिएको हो।

रकम हुन्डी कारोबारको लागि प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।