कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरु, देशभरका उपभोक्ता सहभागी हुन पाउने



बिजमाण्डू
२०८२ चैत्र १ गते १७:२९ | Mar 15, 2026
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरु, देशभरका उपभोक्ता सहभागी हुन पाउने


काठमाडौं। कोकाकोलाले ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ। कोकाकोलाले यो अभियान नेपालभर चल्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नेपालीहरूको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको हो।

यस अभियानको मुख्य आकर्षण एउटा नयाँ डिजिटल कार्यक्रम हो। जसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ।

‘सहरका चर्चित रेस्टुरेन्टदेखि लिएर टोल-छिमेकमा लुकेका तर उत्कृष्ट मोमो पसलहरूसम्म पुग्ने, नेपालमा मोमोको समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वादहरू चाख्ने अवसर दिने तथा पसल संचालन गर्ने उत्साही व्यवसायीहरूसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउने लगायतका अनौठा कथाहरू पनि प्रस्तुत गरिनेछ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

नेपालमा मोमो र कोकाकोला लामो समयदेखि धेरैले मन पराउने खानाको जोडी बनेको कम्पनीले उल्लेख गरेको छ। साथीहरूबीच ‘फास्ट फुड’का रूपमा, परिवारसँग घुम्न जाँदा वा राति अबेर खाना खान जाँदा मोमो र कोकाकोला धेरैका लागि प्रिय छनोट बनेको छ।

यस अभियानले सोही दैनिक अनुभवलाई उत्सवको रूपमा प्रस्तुत गर्दै कोकाकोलाको चिसो स्वादले मोमो खाने क्षण अझ रमाइलो बनाउने विषय देखाउन खोजेको कम्पनीले बताएको छ।

‘यस अभियानमा देशभरका उपभोक्ताहरू सहभागी हुने अवसर पाउनेछन्’ कम्पनीले भनेको छ, ‘अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसहरूले आफ्नो मनपर्ने मोमो पसल खोज्न, मूल्याङ्कन गर्न र आफ्ना मोमो खाँदाका अनुभवहरू व्यक्त गर्न सक्नेछन्। सहभागीहरूले फोटो वा अनुभव अपलोड गर्न, रेस्टुरेन्टलाई रेटिङ गर्न र विभिन्न गतिविधिमा सहभागी हुन सक्नेछन्, जसबाट दैनिक, साप्ताहिक तथा विशेष पुरस्कार जित्ने मौका पनि हुनेछ।’

यो अभियानमा नेपालभरका २०० भन्दा बढी मोमो पसल सहभागी छन्। ‘मोमो फोमो’ले नेपालको सबैभन्दा प्रिय खानामध्ये एक मोमोको विषयमा राष्ट्रिय स्तरमा उत्साह सिर्जना गर्दै स्थानीय खानाका नयाँ स्वादहरू खोज्न, यसका नायकहरूलाई सम्मान गर्न र मोमो तथा कोकाकोलाको लोकप्रिय संयोजनको आनन्द लिन सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको कम्पनीले उल्लेख गरेको छ।

अभियानमार्फत कोकाकोलाले स्थानीय संस्कृतिको सम्मान गर्दै साझा खानाको अनुभवमार्फत मानिसहरूलाई एकअर्कासँग जोड्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।