वाणिज्य विभागले १० दिनपछि थाल्यो बजार अनुगमन, सुजल ट्रेडर्ससँग मागियो कागजात



बिजमाण्डू
२०८२ फागुन २५ गते १८:३० | Mar 9, 2026
वाणिज्य विभागले १० दिनपछि थाल्यो बजार अनुगमन, सुजल ट्रेडर्ससँग मागियो कागजात


काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १० दिनपछि बजार अनुगमन सुरु गरेको छ। विभागले सोमबार १७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ।

Tata
GBIME

कोल्ड स्टोरदेखि दाना पसल, खाद्यान पसलमा अनुमगन गरेको विभागले जनाएको छ। विभागले मध्यपुर थिमि चोकको
सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजपत्र ३ दिनभित्र बुझाउन निर्देशन दिएको छ।

अन्य १६ वटा फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ। विभागले अन्तिम पटक फागुन १५ गते बजार अनुगमन गरेको थियो।