जोन्टा क्लब अफ काठमाडौंले मनायो ‘यलो रोज डे’, विविध क्षेत्रका प्रेरणादायी महिलालाई सम्मान



बिजमाण्डू
२०८२ फागुन २५ गते १०:४३ | Mar 9, 2026
जोन्टा क्लब अफ काठमाडौंले मनायो ‘यलो रोज डे’, विविध क्षेत्रका प्रेरणादायी महिलालाई सम्मान


काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले १४ जना प्रेरणादायी र साहसी महिलालाई सम्मान गरेको छ। यसैगरी विभिन्न शिर्षकमा छात्रवृत्ति समेत उपलब्ध गराएको छ।

Tata
GBIME
Nepal Life

आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाउँदै जोन्टा क्लब अफ काठमाडौंले विभिन्न परिस्थितिका बाबजुद समाजमा आफ्नो परिचय स्थापित गर्न सफल १४ जना महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गरेको हो।

कार्यक्रममा प्रिन्सेस हेलेन शाह इन्सपिरेशनल उमन अफ द इयर पुरस्कार डा. रेणु राजभण्डारीलाई दिइएको थियो। यसैगरी सिलसिला आचार्यलाई अमर राना गेम चेन्जर अवार्ड प्रदान गरिएको थियो। ज्योति छात्रवृत्ति डा. मनु कार्की र साधना पन्थीलाई प्रदान गरिएको थियो।  इन्द्रकला माथेमा अवार्डबाट लुबिना शर्मा सम्मानित भइन्।

सुस्मिना थपलियाले राना अम्बिका गुठी छात्रवृत्ति पाइन् भने महेन्द्र भवन विद्यालयले पनि यसै अन्तर्गतको गुठी छात्रवृत्ति प्राप्त गरेको छ।  

कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी देलपितियाले शिक्षा र आर्थिक आत्मनिर्भरताले नै महिलाहरुमा नेतृत्व विकास तथा समाजमा परिवर्तन ल्याउने बताइन्। जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बीना राणाले जोन्टाले महिला सशक्तिकरणका लागि विविध क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिइन्।

उक्त अवसरमा बैंक तथा वित्तीय क्षेत्र, संचार क्षेत्र, शिक्षा तथा सुरक्षा जस्ता क्षेत्रमा स्थापित तथा नेतृत्वदायी भूमिकामा रहेका महिलाहरुलाई सम्मान गरिएको थियो।

जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालबालिकाका लागि विशेषगरी जागरुकता, तालिम, सीपविकास प्रशिक्षणका साथै आर्थिक आत्मनिर्भरताका लागि सघाउँदै आएको छ।