सुनचाँदी फेरि महँगियो, सुन तोलाको ३ लाख १६ हजार ९०० पुग्यो, चाँदी पनि उकालो



बिजमाण्डू
२०८२ फागुन २४ गते ११:१८ | Mar 8, 2026
सुनचाँदी फेरि महँगियो, सुन तोलाको ३ लाख १६ हजार ९०० पुग्यो, चाँदी पनि उकालो


काठमाडौं। घट्न थालेको सुनचाँदीको भाउ फेरि बढेको छ। साताको पहिलो दिन सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। चाँदी तोलामा ३० रुपैयाँ बढेको छ।

Tata
GBIME

आइतबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १६ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार सुनको कारोबार मूल्य तोलाको ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो।

चाँदी बढेर प्रति तोला ५ हजार ४ सय ७५ रुपैयाँ भएको महासंघले जनाएको छ। शुक्रबार तोलाको ५ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ५१७१.९२ डलर र चाँदी प्रतिऔंस ८४.५४ डलर पुगेको छ।