काठमाडौंको छुट्टाछुट्टै ठाउँमा दुईवटा गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहले जलाएको शंका



बिजमाण्डू
२०८२ फागुन १९ गते १०:०७ | Mar 3, 2026
काठमाडौंको छुट्टाछुट्टै ठाउँमा दुईवटा गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहले जलाएको शंका
सांकेतिक फाइल तस्बिर


काठमाडौं। काठमाडौंको दुई स्थानमा गाडी आगजनी भएको छ। मंगलबार बिहान करिब ३ बजेतिर सुकेधारा र नैकापमा गाडी आगजनी भएको अवस्थामा फेला परेको हो।

Tata
GBIME

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी प्रवीण धितालका अनुसार नैकापमा बीएए २८३६ नम्बरको गाडी र सुकेधारामा भने बा७ च १४०१ नम्बरको गाडीमा आगजनी भएको पाइएको हो। घटना अनुसन्धान भइरहेको छ।

घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा समेत भेटिएको छ। बिहीबार निर्वाचन हुँदैछ। निर्वाचनको विरोधमा उत्रिएको समूहले गाडी जलाएको प्रहरीको आशंका छ।

निर्वाचन गतिविधि बिथोल्ने भन्दै जिल्ला प्रहरी कार्यालय भक्तपुर दुर्गा प्रसाईंलाई दुई दिनअघि नियन्त्रणमा लिएको थियो।