सुनको मूल्यमा आयो गिरावट, सुन ५०० सस्तिँदा चाँदी भने १५ रुपैयाँ महँगियो



बिजमाण्डू
२०८२ फागुन १५ गते ११:१७ | Feb 27, 2026
सुनको मूल्यमा आयो गिरावट, सुन ५०० सस्तिँदा चाँदी भने १५ रुपैयाँ महँगियो


काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य ५०० ले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ।

बिहीबार प्रति तोला सुन ३ लाख १५ हजार ४०० रुपैयाँ थियो। बुधबार सुन ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ तोलाको ५ हजार ७४० कायम भएको छ। बिहीबार चाँदीको मूल्य प्रति तोला ५ हजार ७२५ रुपैयाँ निर्धारण भएको थियो।

बुधबार चाँदीको मूल्य ५ हजार ७१५ रुपैयाँ निर्धारण भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औँस ५ हजार १८७ अमेरिकी डलर छ भने चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।