काठमाडौंबाट चीन जान लागेकी विदेशी महिलाको लगेजमा प्रहरीले भेट्यो ठूलो परिमाणमा विदेशी मुद्रा



बिजमाण्डू
२०८२ फागुन १३ गते १४:०३ | Feb 25, 2026
काठमाडौंबाट चीन जान लागेकी विदेशी महिलाको लगेजमा प्रहरीले भेट्यो ठूलो परिमाणमा विदेशी मुद्रा
फाइल तस्बिर।


काठमाडौं। ठूलो परिमाणको विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tata
GBIME

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट विभिन्न देशका विदेशी मुद्रासहित स्विडेनकी एक ५१ वर्षीय नागरिक पक्राउ परेकी हुन्।

उनको साथबाट प्रहरीले अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय, चाइनिज युआन ७ हजार ४ सय र स्विडिस क्रोनर ४३ हजार बरामद गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानबाट काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारेको प्रहरीले जानकारी दिएको छ।