फेक रेस्क्यू प्रकरण : वायु सेवा संचालक संघका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह पक्राउ



बिजमाण्डू
२०८२ फागुन १३ गते ११:३६ | Feb 25, 2026
फेक रेस्क्यू प्रकरण : वायु सेवा संचालक संघका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह पक्राउ


काठमाडौं। वायु सेवा संचालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिंहलाई बुधबार पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

Tata
GBIME

त्यस्तै, रोयल होलिडे एडभेन्चर एण्ड ट्राभल कम्पनीका संचालक सन्दीप तिवारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। तिवारीलाई मंगलबार पक्राउ गरिएको हो। उनीहरुलाई फेक रेस्क्यू प्रकरणमा अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

यो प्रकरणमा यसअघि पनि प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनीहरु विरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको छ।

उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेखको विवरणलाई थपघट गरी पेसेन्जर एन्ड कार्गो मेनिफेस्टको व्यहोरा फरक र किर्ते गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ। सोही अनुसारको बिल तयार गर्ने, उद्धार गरिएको भनिएका विदेशी पर्यटकहरुलाई अनिवार्य रुपमा बीमा पोलिसीमा उल्लेख भएको सर्त बमोजिम काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाएर रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ।