काठमाडौं। सर्वोच्च अदालतले विवादित व्यवासयी दुर्गा प्रसाइँलाई थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशहरु मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाइँलाई थुनामुक्त गर्न मंगलबार आदेश दिएको हो।
प्रसाइँलाई गैरकानुनीरुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाइँले फागुन ५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक प्रसाइँ फागुन ४ गते राति ठिमीस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए। उनीमाथि निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोप छ।










