११ वर्षीय अविक गौतमको उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ सार्वजनिक

बिजमाण्डू
२०८२ फागुन ९ गते १८:२९ | Feb 21, 2026
११ वर्षीय अविक गौतमको उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ सार्वजनिक


काठमाडौं। कक्षा ५ मा अध्ययनरत ११ वर्षका अविक गौतमले आफ्नो पहिलो उपन्यास सार्वजनिक गरेका छन्। निसर्ग बाटिकामा अध्ययनरत गौतमको पुस्तक शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो।

Vigo
GBIME
Tata

पुस्तकबारे समीक्षा प्रमोद प्रधानले प्रस्तुत गरे। पत्रकार बिन्देश दहालले पनि आफ्नो धारणा राखे।

भुन्डीपुराण प्रकाशनले प्रकाशित गरेको ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ उनले ९ वर्षको उमेरदेखि लेख्न थालेका थिए। सन् २०२५ जुनमा उनले यसको पहिलो मस्यौदा पूरा गरेका थिए।

यस उपन्यासमा साहस र कल्पनाले भरिएको कथा छ। उनको पुस्तकले जिज्ञासा र नयाँ यात्राबाट जीवन बद्लिन सक्छ भन्ने सन्देश दिन्छ।

वक्ताहरूले अविकको सृजनात्मक क्षमता र कथाको प्रस्तुति प्रशंसा गरे। उनीहरूले बालबालिकालाई लेखन र पठनतर्फ प्रेरित गर्न यस्तो प्रयास आवश्यक रहेको बताए।

कार्यक्रमको अध्यक्षता भुन्डीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले गरेथिए। प्रमुख अतिथिका रूपमा ओम श्रेष्ठ ‘रोदन’ थिए।

पुस्तक अहिले बजारमा उपलब्ध छ। इच्छुक पाठकले विभिन्न पुस्तक पसलमा किन्न सक्छन्।