काठमाडौं। पशुपतिनाथ मन्दिरमा शिवरात्रीको अवसरमा श्रद्धालु भक्तजनलाई अभद्र व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।
उनले पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीमाथि आक्रमण गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










