जनसंख्या १ करोडमा सीमित गर्ने कि नगर्ने? स्वीटजरल्याण्डमा हुनेछ मतदान



बिजमाण्डू
२०८२ फागुन १ गते ०८:२० | Feb 13, 2026
जनसंख्या १ करोडमा सीमित गर्ने कि नगर्ने? स्वीटजरल्याण्डमा हुनेछ मतदान
Photographer: Andrew Kravchenko/Bloomberg


स्वीटजरल्याण्डमा जनसंख्या १० मिलियन (१ करोड)मा सीमित गर्नेबारे मतदान हुने भएको छ।

Tata
GBIME
Nepal Life

देशको सबैभन्दा ठूलो राजनीतिक दल स्वीस पिपल्स पार्टी (एसभीपी) को प्रस्तावमा यो मतदान हुन लागेको हो। हाल स्वीटजरल्याण्डको जनसंख्या ९.१ मिलियन (९० लाखको हाराहारी) मा छ। सरकारले जनसंख्या १ करोड पुग्नु अघि नै यो मतदान गराउनुपर्नेछ।

हाल यो मतदान जुन १४ मा हुने तय भएको छ। यदी यो प्रस्ताव पारित भए स्वीटजरल्याण्ड सरकारले आप्रवासीसँगै स्थायी बसोबासका लागि विदेशी नागरिकको आवगमन रोकिनेछ। यस्तै, देशमा रहेका विदेशी नागरिकका परिवारलाई समेत रोकिनेछ।

त्यस्तै, जनसंख्या १ करोड पुगे स्वीटजरल्याण्ड सरकारले युरोपियन युनियनसँगको ‘फ्री मुभमेन्ट एग्रिमेन्ट’ पनि अन्त्य गर्नुपर्नेछ। स्वीटजरल्याण्ड इयुको सदस्य राष्ट्र होइन तर इयुसँग व्यापार र आवतजावतका लागि उसले १२० वटाभन्दा बढी सम्झौता गरेको छ।

एसभीपी सन् १९९९ देखि निर्वाचनमा पहिलो दल बन्दै आएको छ। जनसंख्या व्यापक वृद्धि हुँदा त्यसको असर सार्वजनिक सेवा, पूर्वाधार र आवासमा परेको उसको मत छ।

यो प्रस्तावको पक्षमा हाल एसभीपी मात्र छ। तर, जनस्तरमा  यो प्रस्तावको समर्थन रहेको अध्ययनहरुले देखाएको छ।