रवि लामिछानेसँग सहकारी ठगीमा पर्सा अदालतले माग्यो १ करोड रुपैयाँ धरौटी



बिजमाण्डू
२०८२ माघ ६ गते १५:२० | Jan 20, 2026
रवि लामिछानेसँग सहकारी ठगीमा पर्सा अदालतले माग्यो १ करोड रुपैयाँ धरौटी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले धरौटी मागेको छ। मंगलबार रुद्रप्रसाद सुवेदीको इजलासले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको हो।

Tata
GBIME

लामिछानेसहित २९ जना विरुद्ध सहकारी ठगी र संगठित अपराधमा गत जेठ ३० गते अदालतमा मुद्द दायर भएको थियो।

अदालतका स्रेस्तेदार प्रभाकर कुमार मल्लिकले १ करोड रुपैयाँ धरौटी माग भएको जानकारी दिए।

लामिछाने विरुद्ध पर्सासहित चितवन, कास्की, काठमाडौंमा ठगी र संगठित मुद्दा विचाराधीन रहेको छ। महान्यायधीवक्ता कार्यालयले लामिछाने माथि लगाएको संगठित मुद्दा फिर्ता गर्ने निर्णय गरेको छ। तर, त्यसको कागजपत्र भने जिल्ला अदालतमा भने पुगिसकेको छैन।