मुस्ताङको लोमान्थाङबाट भेपको तस्करी, सवा २ करोड बढीको इलेक्ट्रिक चुरोट नियन्त्रणमा



बिजमाण्डू
२०८२ पुष २९ गते १०:५४ | Jan 13, 2026
मुस्ताङको लोमान्थाङबाट भेपको तस्करी, सवा २ करोड बढीको इलेक्ट्रिक चुरोट नियन्त्रणमा


काठमाडौं । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका ४ नेचुङ्गबाट प्रहरीले ठुलो संख्यामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ।

Tata
GBIME

सशस्त्र प्रहरीको टोलीले २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको भेप बरामद गरेको हो। त्यसक्रममा प्रहरीले सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ५ बस्ने ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिएको छ। उनी कन्टेनर चालक हुन्।

 ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा ३/४ दिन अगाडी चीनबाट अवैध रुपले ल्याई नेपाल चीन सिमानाको कोलाकोला नाका अगाडी गाडीमा लोड गरि राखेको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको हो।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङ्गबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदय बहादुर कुमाल कमान्डमा खटिएको सुरक्षा फौजसहित मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनीधिहरुको संयुक्त टोलीले इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित नियन्त्रणमा लिएको हो ।

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ। कन्टेनर बिग्रिएको कारण सो कन्टेनरमा रहेको टिस्यु पेपर र ट्वाइलेट पेपर भने सोही ठाउँमा भन्सार कार्यालयले सिल गरि राखिएको छ।