सुनको मूल्य पुनः उकालो लाग्दै पुग्यो तोलाको २ लाख ७० हजारमाथि, चाँदी पनि महँगियो



बिजमाण्डू
२०८२ पुष २७ गते १२:२७ | Jan 11, 2026
सुनको मूल्य पुनः उकालो लाग्दै पुग्यो तोलाको २ लाख ७० हजारमाथि, चाँदी पनि महँगियो


काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी तोलामा २ सय १० रुपैयाँले महँगिएको हो।

Tata
GBIME

आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७० हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन प्रति तोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार प्रति तोला ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रति तोला ४ हजार ७ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४५०९.२ डलर र चाँदी प्रति औंस ७९.९१ डलर पुगेको छ।