काठमाडौं। ओरालो लागेको सुनको मूल्य पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ६७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने शुक्रबार तोलामा ५५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदी तोलामा १ सय रुपैयाँले घट्दै प्रति तोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस ४४६३.४८ डलर र चाँदी प्रति औंस ७६.६२ डलर पुगेको छ।










