काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक बुधबार १३.३५ अंक घटेर २६३५.९४ विन्दुमा आएको छ। कारोबारमा आएका फाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्।
होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ। बजारमा १८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एसवाई प्यानलको सेयर मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशतले घटेको छ।
सूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ७ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ५ अर्ब १७ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ। एसवाई प्यानलको सबैभन्दा धेरै २६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, श्रीनगर एग्रिटेकको २३ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा ६२ कम्पनीको मूल्य बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ।











