नागरिक लगानी कोषसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति कायम?



बिजमाण्डू
२०८२ पुष २० गते १६:३५ | Jan 4, 2026
नागरिक लगानी कोषसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति कायम?

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले ५ वटा कम्पनीको सेयर मूल्य समायोजन गरेको छ।

Tata
GBIME
Nepal Life

नेप्सेले आइतबार नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, कालिका लघुवित्त, प्रभु महालक्ष्मी लाइफ र जीवन विकास लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो।

समायोजनपछि नागरिक लगानी कोषको सेयर मूल्य प्रति कित्ता १७५३.१४ रुपैयाँ कायम भएको छ। कोषको सेयर कारोबार आइतबार १८४०.८० रुपैयाँमा बन्द भएको थियो। कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ।

प्राइम कमर्सियल बैंकको सेयर मूल्य प्रति कित्ता २३९.७२ रुपैयाँ कायम भएको छ। ८ प्रतिशत बोनस सेयर घोषणा गरेको बैंकको सेयर आइतबार अन्तिममा प्रति कित्ता २५८.९० रुपैयाँमा कारोबार बन्द भएको थियो।

कालिका लघुवित्तको सेयर मूल्य प्रति कित्ता ९८२.७३ रुपैयाँ कायम भएको छ। लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिंदैछ।

लघुवित्तको सेयर आइतबार अन्तिममा प्रति कित्ता १०८१ रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता ४८०.७७ रुपैयाँ कायम भएको छ। पोहोरको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको प्रभु महालक्ष्मीको सेयर कम्पनीको सेयर आइतबार अन्तिममा ५०० रुपैयाँका दरले किनबेच भएको थियो।

जीवन विकास लघुवित्तको सेयर मूल्य प्रति कित्ता १२९८.३३ रुपैयाँ कायम भएको छ। गत वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको कम्पनीको सेयर आइतबार अन्तिममा प्रति कित्ता १४८०.१० रुपैयाँमा कारोबार भएको थियो।