नक्कली नोटले किनमेल गर्नेमाथि प्रहरी अपरेसन, ६ जना पक्राउ, हजार दरका ७६ नोट बरामद

बिजमाण्डू
२०८२ पुष १७ गते १३:०१ | Jan 1, 2026
नक्कली नोटले किनमेल गर्नेमाथि प्रहरी अपरेसन, ६ जना पक्राउ, हजार दरका ७६ नोट बरामद


काठमाडौं। प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नक्कली नोटसहित सिन्धुपाल्चोक बाह्रबिसे-२ का ३२ वर्षीय दावा नोर्वु शेर्पासमेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

GBIME
Tata

उनीहरुको साथबाट प्रहरीले नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरेको छ। दुई साताअघि कपडा व्यापारीहरुले नक्कली नोट दिएर सामान किनेको जानकारी दिएपछि प्रहरीले अपरेसन जारी राखेको थियो। बौद्ध क्षेत्रमा नक्कली नोट दिएर कपडा किन्ने अनि फरार हुने गरेका थिए।

‘हामीले सीसी क्यामरादेखि अन्य तरिकाले खोजी गरिरहेका थियौं,’ एक अनुसन्धान अधिकृतले सुनाए।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित पक्राउ गरेको हो। प्रहरीले उनीहरुले नोट कहाँबाट ल्याए? कति मात्रामा ल्याएका थिए? लगायत अन्य विषयमा अनुसन्धान गरिरहेको छ।