घोराही सिमेन्टको साधारण सभाबाट पाँच जना सञ्चालक निर्वाचित, अध्यक्षमा आदित्य संघाई



बिजमाण्डू
२०८२ पुष १६ गते १४:४३ | Dec 31, 2025
घोराही सिमेन्टको साधारण सभाबाट पाँच जना सञ्चालक निर्वाचित, अध्यक्षमा आदित्य संघाई

काठमाडौं। घोराही सिमेन्टले पाँच जना सञ्चालक चयन गरेको छ। कम्पनीको पुस १४ गते भएको पाँचौं वार्षिक साधारण सभाले पाँच जना सञ्चालक चयन गरेको हो।

Tata
GBIME
Nepal Life

साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट आदित्य संघाई, पुरुषोत्तमलाल संघाई, त्रिलोकचन्द्र अग्रवाल, अंजु संघाई र विवेक अग्रवाललाई सञ्चालकमा निर्वाचित गरेको कम्पनीले जनाएको छ।

नवनिर्वाचित सञ्चालकहरुको पहिलो बैठकले आदित्य संघाईलाई अध्यक्ष छानेको छ।