सालपा विकास बैंकको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई १४ लाख ३९ हजार कित्ता



बिजमाण्डू
२०८२ पुष १६ गते १०:१२ | Dec 31, 2025
सालपा विकास बैंकको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई १४ लाख ३९ हजार कित्ता

काठमाडौं। सालपा विकास बैंकको आइपीओमा आवेदन खुला भएको छ। वैदेशिक रोजगारीमा गएकालाई बाँडफाँट गरेपछि बैंकले दोस्रो चरणमा सर्वसाधारणका लागि बुधबारदेखि आवेदन खुलाएको हो।

Tata
GBIME
Nepal Life

बैंकले १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ।

सालपा विकास बैंकले चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको सेयर निष्कासन अनुमति पाएकामा पहिलो चरणमा बाँडफाँट गरेपछि बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री खुलाएको छ।

बैंकको चुक्ता पुँजी हाल ५२ करोड २३ लाख रुपैयाँ छ। सर्वसाधारणले बैंकको सेयरमा अंकित मूल्य १०० रुपैयाँमा पुस २० गतेसम्म १० देखि अधिकतम् २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

गत असार मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी २.२४ रुपैयाँ रहेको छ। बैंकको प्रति सेयर नेटवर्थ १०५.१४ रुपैयाँ छ। जगेडा कोषमा २ करोड ७० लाख रुपैयाँ छ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ दिएको छ। यसले बैकको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउँछ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।