७५ वर्षको उमेरमा त्रिशूलीमा मदनकृष्ण श्रेष्ठको ऱ्याफ्टिङ

बिजमाण्डू
२०८२ पुष ९ गते १५:२७ | Dec 24, 2025
७५ वर्षको उमेरमा त्रिशूलीमा मदनकृष्ण श्रेष्ठको ऱ्याफ्टिङ


काठमाडौं । त्रिशूली नदीमा कलाकारको एक समूहले ऱ्याफ्टिङको अनुभव लिएका छन्। पृथ्वी राजमार्गअन्तर्गत मलेखु नजिक रहेको त्रिशूली रिभरसाइड रिसोर्टद्वारा संचालन गरिएको ऱ्याफ्टिङमा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठसँगै गायक सत्यराज आचार्य लगायतले ऱ्याफ्टिङ गरेका हुन्।

Vigo
GBIME
Tata

मदनकष्णले ७५ वर्षको उमेरमा ऱ्याफ्टिङको अनुभव लिएका हुन्। उक्त ऱ्याफ्टिङ कार्यक्रममा श्रेष्ठका परिवारका सदस्य पनि थिए।

ऱ्याफ्टिङपछि प्रतिक्रिया दिँदै मदनकृष्ण श्रेष्ठले उमेर कुनै पनि गतिविधिका लागि बाधक नहुने बताएका थिए। यसअघि पनि एक पटक ऱ्याफ्टिङ गरिसकेका उनले दोस्रो पटकको अनुभव पनि उत्तिकै रोमाञ्चक र रमाइलो भएको बताएका थिए।

सुरुवातमा केही डर लागे पनि नदीको बहावसँगै बग्दा उत्साहजनक अनुभूति भएको उनले बताएका थिए।

त्रिशूली रिभरसाइड रिसोर्टका संचालक उद्धव कँडेलका अनुसार पछिल्लो समय त्रिशूली नदीमा ऱ्याफ्टिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दो छ। वरिष्ठ कलाकार श्रेष्ठसहित चर्चित गायकहरुको सहभागिताले साहसिक पर्यटनप्रति सकारात्मक सन्देश प्रवाह भएको उनले बताए।

कँडेलका अनुसार रिसोर्टले विगत एक दशकभन्दा लामो समयदेखि ऱ्याफ्टिङ, क्यानोइङ र कायाकिङजस्ता गतिविधि संचालन गर्दै आएको छ। हाल जिपलाइन र स्काई रोप साइक्लिङसमेत थप गरिएको छ।

काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिक मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ संचालनमा ल्याइएको पनिस रिसोर्टले जनाएको छ।

कँडेलले पर्यटकलाई लक्षित गर्दै त्यहाँ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, २०० जनाको क्षमता भएको ब्यांक्वेट र स्विमिङ पुल सहितको त्रिशूली भिल्ला निर्माण भएको बताए। आगामी दिनमा थप साहसिक तथा पर्यटनमैत्री गतिविधि विस्तार गर्दै लैजाने योजना रहेको जानकारी उनले दिए।