लगातार ओरालो लाग्न थाल्यो सुनचाँदीको मूल्य, हिजोभन्दा सुन ९०० र चाँदी ७० रुपैयाँ सस्तो



बिजमाण्डू
२०८२ मंसिर १९ गते ११:०५ | Dec 5, 2025
लगातार ओरालो लाग्न थाल्यो सुनचाँदीको मूल्य, हिजोभन्दा सुन ९०० र चाँदी ७० रुपैयाँ सस्तो


काठमाडौं। सुनको मूल्य लगातार ओरालो लाग्न थालेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ९ सय रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

शुक्रबारका लागि कारोबार मूल्य प्रति तोला २ लाख ५२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घट्दा कारोबार मूल्य प्रति तोला २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो। बुधबार सुन प्रति तोला २ लाख ५४ हजार १ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी तोलामा ७० रुपैयाँ घटेर प्रति तोला ३ हजार ५५५ रुपैयाँमा आइपुगेको छ।

बिहीबार चाँदी प्रति तोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ ‍प्रति औंस ४२१६.३ डलर छ। चाँदी प्रति औंस ५७.७१ डलर छ।