काठमाडौं। बढ्न थालेको सुनचाँदीको मूल्य बिहीबार घटेको छ। सुन तोलामा ८ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको थियो।
लगातार बढेर उच्च विन्दुमा पुगेको चाँदीको मूल्य बिहीबार प्रति तोला ३ हजार ६२५ रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदी प्रति तोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार प्रति औंस ४१९७.०८ डलर र चाँदी प्रति औंस ५८.१८ डलर छ।








