हजार दरका ११८ थान नक्कली नोटसहित रौतहटबाट तीन जना प्रहरीको नियन्त्रणमा

बिजमाण्डू
२०८२ मंसिर १७ गते १३:२१ | Dec 3, 2025
हजार दरका ११८ थान नक्कली नोटसहित रौतहटबाट तीन जना प्रहरीको नियन्त्रणमा
फाइल फोटो।


रौतहट। नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईशनाथ नगरपालिका-४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोटसहित मंगलबार दिउँसो उनीहरू पक्राउ परेका हुन्।

GBIME
Tata

पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका-४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारतको बिहार मोतिहारी पूर्वी चम्पारण-२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार छन्।

प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।