सुनको मूल्य लगातार वृद्धि, तोलामा १४०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि बढेको बढ्यै



बिजमाण्डू
२०८२ मंसिर १५ गते ११:४४ | Dec 1, 2025
सुनको मूल्य लगातार वृद्धि, तोलामा १४०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि बढेको बढ्यै


काठमाडौं। सुनको मूल्य लगातार बढ्न थालेको छ। सुनको मूल्य प्रति तोला १४०० रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रति तोला २ लाख ५३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

मंसिर ११ गते २ लाख ४८ हजार ४०० रुपैयाँका दरले कारोबार भएको सुन त्यसयता लगातार महँगिएको छ।

चाँदीको मूल्य पनि बढेर प्रति तोला ३५३५ रुपैयाँ पुगेको छ। चाँदीको भाउ सोमबार तोलामा ४५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४२२४.६५ डलर र चाँदीको भाउ प्रति औंस ५६.७५ डलर पुगेको छ।