काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, इङ्ग्ल्याण्ड र वेस्टइण्डिजसँगै इटली रहेका छन्। यो समूहमा नेपाल र इटली एसोसिएट टोली छन्।
यसबाहेक समूह ‘ए’ मा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, नामिबिया र अमेरिका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्याण्ड, ओमन, जिम्बाब्वे र श्रीलंका छन्। समूह ‘डी’ मा क्यानडा, अफगानिस्तान, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र यूएई छन्।
नेपाली टोलीले आफ्ना सबै खेल मुम्बइमै खेल्नेछ।

नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इङ्ग्ल्याण्डविरुद्ध खेल्नेछ। दोस्रो खेल इटलीविरुद्ध १२ फेब्रुअरीमा नै खेल्नेछ। त्यस्तै तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इण्डिजविरुद्ध खेल्नेछ। त्यस्तै समूह चरणको अन्तिम खेल १७ फेब्रुअरीमा बंगलादेशविरुद्ध खेल्नेछ।









