जेनजी प्रदर्शनका बेला भक्तपुरको वाणिज्य बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ

बिजमाण्डू
२०८२ मंसिर ९ गते १४:२४ | Nov 25, 2025
जेनजी प्रदर्शनका बेला भक्तपुरको वाणिज्य बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ


काठमाडौं। जेनजी प्रदर्शनको मौका पारेर भक्तपुरको राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका घर भइ मध्यपुर थिमि-७ नगदेश बस्ने २९ वर्षीय बुद्धिमान तामाङ छन्। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नियन्त्रणमा लिएको हो।

जेनजी प्रदर्शनका बेला तामाङले प्रहरी वृत्त ठिमीसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गरेको अनुसन्धानबाट खुलेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई हिरासतमा लिएर घटनाको थप अनुसन्धान भइरहेको छ।