इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्न पाइने, कुलमानले गराए निर्णय



बिजमाण्डू
२०८२ मंसिर ४ गते १४:०२ | Nov 20, 2025
इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्न पाइने, कुलमानले गराए निर्णय


काठमाडौं। सरकारले इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्ने व्यवस्था मिलाएको छ।

Tata
GBIME

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्ले इन्धन सवारीसाधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न छुट दिने व्यवस्था गरेको हो।

विद्युतीय सवारीसाधनको प्रयोग र विद्युत खपत बढाउन भन्दै इन्धन सवारीलाई रुपान्तरण गर्ने व्यवस्था गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

मन्त्रिपरिषद् बैठकले तीन वर्षकोसमय राखेर इन्धन सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न छुट दिने व्यवस्था गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिन देशमा उत्पादन भएको विद्युत खपत बढाउन भन्दै सबै सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्ने बताएका थिए। उनले त्यसैदिन अध्ययन समिति गठन गरी समितिको सुझाव अनुसार मन्त्रिपरिषद्बाट निर्णय गराएका हुन्।

सरकारले यसअघि २०७८ चैतमा पनि रुपान्तरण गर्न ३ वर्षका लागि छुट दिएकामा त्यो समय २०८१ चैतमा सकिएको थियो।