सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्ताव ग्लोबल आइएमई बैंकको साधारण सभाबाट पारित



बिजमाण्डू
२०८२ कात्तिक २६ गते १८:४० | Nov 12, 2025
सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्ताव ग्लोबल आइएमई बैंकको साधारण सभाबाट पारित

काठमाडौं। ग्लोबल आइएमई बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने साधारण सभाबाट पारित गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको बुधबार भएको १९औं वार्षिक साधारण सभाले कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको हो।

बैंकका अध्यक्ष चन्द्र ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकले आर्थिक वर्ष २०८१।८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।

अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकको नीति, नियम पालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए। उनले बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि बताए।