देश दौडाहापछि काठमाडौं आइपुग्यो एनपीएलको ट्रफी, उपत्यका घुमाउँदै गोर्खाज



सुशील श्रेष्ठ
२०८२ कात्तिक २६ गते १३:३७ | Nov 12, 2025
देश दौडाहापछि काठमाडौं आइपुग्यो एनपीएलको ट्रफी, उपत्यका घुमाउँदै गोर्खाज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी देश दौडाहापछि काठमाडौं ल्याइएको छ। पूर्वका जिल्लाबाट सुदूरपश्चिमसम्म ट्रफी टुर सकाएर काठमाडौं उपत्यकामा घुमाउन थालिएको हो।

Tata
GBIME
Nepal Life

बुधबार बिहान ७ बजे ट्रफीलाई पशुपतिनाथ मन्दिरमा लगिएको थियो। त्यस्तै, ९ बजे भक्तपुर दरबार स्क्वायर, ११ बजे पाटन दरबार स्क्वायरमा र १ बजे वसन्तपुर दरबारमा लगिएको हो।

बिहीबार बिहान साढे ९ बजे स्वयम्भूनाथ र दिउँसो नुवाकोट लैजाने काठमाडौं गोर्खाजको तयारी छ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। लिगमा उपाधिका लागि ८ टोली सहभागी हुँदैछन्।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले फ्लडलाइटमा पनि खेल हुने गरी तालिका सार्वजनिक गरिसकेको छ।