जयवागेश्वरी गायत्री मार्गस्थित ब्रम्हा मन्दिरको उद्घाटन कार्यक्रममा पुगे बालेन र सुनिता



सुशील श्रेष्ठ
२०८२ कात्तिक २१ गते १३:१६ | Nov 7, 2025
जयवागेश्वरी गायत्री मार्गस्थित ब्रम्हा मन्दिरको उद्घाटन कार्यक्रममा पुगे बालेन र सुनिता

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिका-८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित ब्रम्हा मन्दिरको उद्घाटन गरेका छन्। पुनर्निर्माणपछि शुक्रबार उक्त मन्दिरको उद्घाटन गरिएको हो।

Tata
GBIME
Nepal Life

१९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको छैटौं शताब्दीको ऐतिहासिक ब्रम्हा मन्दिरको काठमाडौं महानगरले पुनर्निर्माण गरेको हो।