काठमाडौं। माछापुच्छ्रे बैंकका सञ्चालक पेशलराज पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले डेढ वर्षमै माछापुच्छ्रे बैंक छोडेका हुन्।
बैंकको सञ्चालक समितिको २०८१ जेठ १७ गते बसेको बैठकले पोखरेललाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो।
पोखरेलले दिएको राजीनामा बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले स्वीकृत गरेको छ।










